close

कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै मध्यपुर थिमि

कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै मध्यपुर थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाको पाँचौँ नगरसभाले उक्त निर्णय गरेको हो ।


नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार वडाको सिफारिसमा नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा पिसिआर परीक्षण निःशुल्क गर्न पाइनेछ । 


बोडेस्थित कृषि विकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा अक्सिजनसहितको प्राथमिक उपचारको व्यवस्था र नगरभित्रका गरिब असहायको कोरोनाको निःशुल्क उपचार तथा खोप खरिदमा प्राथमिकता दिइने भएको छ ।


त्यसका लागि नगरबासीलाई सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ । नगरसभाले वडास्तरीय बजेटबाटै लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका छात्रालाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने, मापदण्ड पूरा भएका विद्यालयलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने, उपभोक्ताको काम-कारबाही पारदर्शी र नतिजामूलक बनाउन उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि बनाई सञ्चालनमा ल्याउनेछ ।