close

भक्तपुरका स्थानीयलाई निःशुल्क अक्सिजन

भक्तपुरका स्थानीयलाई निःशुल्क अक्सिजन

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले पालिकावासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । पालिकाले आफ्नो क्षेत्रका नगरबासीलाई निःशुल्क अक्सिजन वितरण गरेको हो ।

 

च्याम्हासिंहस्थित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेसँगै पालिकाले स्थानीयलाई अक्सिजन वितरण गरेको हो । सोका लागि स्थानीयबासीलाई चिकित्सकको सल्लाह अनुरुप सम्बन्धित वडा कार्यालय मार्फत सिफारिस लिएर आउनुपर्छ ।

 

नगरप्रमुख सुनिल प्रजापतिका अनुसार अक्सिजन प्लान्ट जडान गर्न स्थानीय बासिन्दाले सहयोग गरेका छन् । सोही सहयोग अनुसार जनताको लगानी जनताकै सेवामा प्रयोग गर्न पालिकाले सो व्यवस्था गरेको छ । यसको लागि पालिकाले नीति समेत बनाइसकेको छ ।

 

उनका अनुसार पालिकाले बाह्य जिल्ला र नगरपालिकाका स्थानीयले समेत सहयोग गरेकोले उनीहरुलाई पनि अक्सिजन वितरण गर्ने योजना बनाएको छ ।  यसको लागि पालिकाले कार्यविधि बनाउन उनले जानकारी दिए ।

 

वडा नं. ९ वडाध्यक्ष रविन्द्र ज्याख्वका अनुसार अक्सिजनको लागि सेवाग्राहीलाई चिकित्सकको सल्लाह बमोजिम विरामीको स्वास्थ्य अवस्था र अक्सिजनको आवश्यकता अनुरुप सिफारिस दिइने छ । सोही सिफारिस अनुरुप ख्वप अस्पतालमार्फत अक्सिजन प्राप्त गर्न सक्ने छन् ।

 

पालिकाले हाल एक करोड २५ लाख लगानीमा अक्सिजन प्लान्ट सञ्चालन ल्याइसकेको छ । एक सय १० सिलिण्डर उत्पादन क्षमता रहेता पनि हाल आवश्यकता अनुरुप मात्रै अक्सिजन उत्पादन गर्दै आएको पालिकाले जनाएको छ ।