close

सातै प्रदेशमा हालसम्म खोप लगाउनेको संख्या २६ लाख ११ हजार पुग्यो

खोप लगाउने प्रदेशमा सबैभन्दा बढी बागमती र कममा कर्णाली 

सातै प्रदेशमा हालसम्म खोप लगाउनेको संख्या २६ लाख ११ हजार पुग्यो

खोप लगाउने प्रदेशमा सबैभन्दा बढी बागमती र कममा कर्णाली 

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दीसँगै पछिल्लो समय विश्वव्यापी रूपमै कोरानाविरुद्धको सुई लगाउने अभियान निरन्तर छ । समृद्ध राष्ट्रय आप्mना नागरिकलाई कोरोनाविरुद्धको तेस्रो चरणसम्मको सुई लगाइसकेका छन् । कारण, उनीहरू आफैं सुई उत्पादन गर्छन् ।  तर, नेपालजस्ता अल्पविकसित मुलुकका लागि खोप खरिद गर्नुपर्ने बाध्यता छँदै छ ।


कतिपय खोप उत्पादक धनी मुलुकले सुरुमा कोरोनाविरुद्धको खोप बाह्य मुलुक बेच्ने निर्णय गरे पनि आफैं कोरोना महामारीको चपेटामा परेपछि त्यसलाई बन्द गरिदिए । यसको उदाहरणका रूपमा अमेरिका, बेलायत, अस्ट्रेलिया, भारत, चीनलगायतका मुलुक छन् । उनीहरूले पहिलो प्राथमिकता आफ्नै मुलुकका नागरिकलाई दिएपछि गरिब मुलुकका नागरिक अहिलेसम्म खोप लगाउनबाट वञ्चित भइरहेका छन् । भारतले खोप निर्यात बन्द गरिसकेको छ ।


नेपालले पनि सुरुमा भारतसँग २० लाख डोज खरिदका लागि रकम भुक्तानी दिइसके पनि जम्मा १० लाख डोज मात्र पाएको छ । बाँकी डोजका लागि नेपालले निरन्तर पहल गरिरहे पनि अहिलेसम्म दिएको छैन । भारतले कोरोनाविरुद्धको खोप नदिएपछि नेपालले अर्को छिमेकी चीनबाट सहयोग तथा किनेरै भए पनि ल्याइरहेको छ । चीनले नेपाललाई सहयोगस्वरुप यसअघि खोप उपलब्ध गराइसकेको छ भने नेपालले ४० लाख डोज खरिद गर्दै छ । 


सात समुद्रपारिको मित्रदेश अमेरिकाले नेपाललाई थप १५ लाख डोज खोप दिने घोषणा गरिसकेको छ । सरकारले सुरु गरेको कोरानाविरुद्धको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकले देखाएको छ ।  कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहेको मन्त्रालयको तथ्यांक छ ।


मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४ लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् भने कर्णाली प्रदेशमा १ लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् । बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने कर्णली प्रदेशमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएका छन् ।


कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ । यसमध्ये ९ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।


मन्त्रालयका अनुसार सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका छन् । यसमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो मात्रा लगाएका सात लाख ८७ हजार ३२३ मध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएका छन् ।


यस्तो छ, प्रदेशगत खोप लगाउनेको संख्या

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा खोप लगाएकामध्ये ५२ हजार ८५५ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । २ लाख ५४ हजार ३३१ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

प्रदेश २ मा ३ लाख २० हजार ५३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएकामध्ये ४६ हजार १५८ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै, २ लाख ७४ हजार ३७४ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

बागमती प्रदेशमा ४ लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । यसमा १ लाख ६० हजार ४९५ जनाले दोस्रो मात्रा लगाएका छन् भने २ लाख ६० हजार ९८७ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।

 

गण्डकी प्रदेशमा १ लाख ८७ हजार ९७४ जनाले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ६११ जनाले मात्रै कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । १ लाख ३८ हजार ३६३ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।


मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा २ लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । त्यस्तै, १ लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

कर्णाली प्रदेशमा १ लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । यसमा २८ हजार ८४८ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । ७८ हजार ४८० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।


सुदूरपश्चिम प्रदेशमा २ लाख ५५ हजार ६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकामध्ये ३७ हजार ९०६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । १ लाख ६७ हजार ६ सय जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

मन्त्रालयका अनुसार प्रदेश १ मा ७० हजार २६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएकामध्ये १९ हजार ४५४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । यसमध्ये ५० हजार ८०९ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।


प्रदेश २ मा ७२ हजार ९८५ जनाले पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये ६ हजार ९८४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् भने ६६ हजार १ जनाले दोस्रो मात्रा पाएका छैनन् ।


बागमती प्रदेशमा ४ लाख ७० हजार ६०४ जनाले पहिलो मात्रा लगाएका छन् । यसमध्ये ३ लाख ८५ हजार ३०५ जनाले दोस्रो मात्रा लगाएका छन् भने ८५ हजार २९९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ ।


त्यस्तै, गण्डकी प्रदेशमा ३१ हजार ९० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यसमा ६४ सय १ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन् भने २४ हजार ६८९ जना दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ७३ हजार ८८४ मध्ये ३४ हजार ४६४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । ३९ हजार ४२० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।


कर्णाली प्रशेमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लगाएका छन् । यसमध्ये २ हजार ३६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । बाँकी २० हजार ९७३ जनाले दोस्रो मात्रा पाएका छैनन् ।


सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ४१ हजार ४८८ मध्ये १८ हजार ४९० जनाले मात्र दोस्रो मात्रा लिन पाएका छन् । बाँकी २२ हजार ९९८ जना दोस्रो दोस्रो मात्रा लगाउन वञ्चित छन् ।

 

चीनबाट आइपुग्यो ८ लाख बढी खोप 

सरकारले उत्तरी छिमेकी चीनसँग खरिद गरेको ८ लाख ९ हजार ६ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद गरेको खोपमध्ये पहिलो चरणमा ८ लाखभन्दा बढी खोप आएको जानकारी दिए ।


चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौं अवतरण गरेको थियो । उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहकालाई लगाउने तयारी छ । चीनसँग नेपालले ४० लाख मात्रा भेरोसेल खोप खरिद गरेको हो ।


परिवार कल्याण कहाशाखा, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त खोप छिट्टै सबै प्रदेश तथा जिल्लामा पठाइने बताए । राष्ट्रिय खोप कार्यान्वयन योजनाअनुसार नै खोप लगाइने जानकारी दिँदै अब दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने उनको भनाइ छ ।


सरकारले ५५ देखि ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप दिने तयारी गरेको छ । यसअघि काठमाडौं उपत्यकामा ६० वर्षभन्दा माथि र उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइएको थियो ।  सरकारले ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पनि अबको खोपको प्राथमिकतामा पर्नेछन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले लगाएका छन् ।

 

अमेरिकाले दिने भो १५ लाख खोप, एक पटक लगाए पुग्ने

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सोमबार आइपुग्नेछ । जोन्सनको ‘जोन्सन एडी २६ सीओभी २’ एक मात्रा लगाए पुग्ने खोप हो । जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउनेछ ।


विश्व स्वास्थ्य संगठनको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घन्टासम्म मात्र राख्नुपर्छ । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।