close

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष र वडासदस्य पक्राउ 

नक्कली शिफारिस गरेको जानकारी गराउन जाँदा पक्राउ परेछन्ः नगरप्रमुख 

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष र वडासदस्य पक्राउ 

नक्कली शिफारिस गरेको जानकारी गराउन जाँदा पक्राउ परेछन्ः नगरप्रमुख 

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व- भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको अभियोगमा नवलपुरको गैंडाकोट नगरपालिका-६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जना पक्राउ परेका छन् । भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया भएको प्रमाािण्त गर्दै नागरिकता शिफारिस गरेको अभियोगमा वडाध्यक्ष पक्राउ परेका हुन् । 


सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्षसापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताईन् । 


नगरप्रमुख छत्रराज पौडेलका अनुसार नक्कली नागरिकता बनाउन शिफारिस गरेको थाहा पाएलगत्तै जानकारी गराउन जिलला प्रशासन कार्यालय पुगेका वडाध्यक्ष पक्राउ परेका हुन् । उनले थाहै नपाइ नागरिकताका लागि शिफारिस गरेछन्, भारतीय नागरिक हुन् भन्ने जानकारी भएपछि जिलला प्रशासनमा जानकारी गराउन जाँदा नियन्त्रणमा लिइएको जानकारी पाएको छु’ नगरप्रम्ख प्रमुख पौडेलले पालिकाखबरसँग भने । 

 

वडाध्यक्ष सापकोटाले १ चैत, २०७७ मा वंशजका आधारमा नागरिकता बनाउन सिफारिस बनाइदिएका थिए । नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाले भने अर्घाखाँचीबाट नागरिकता लिएको पाइएको छ । भारतीय नागरिक देवनलाई छोरा दावी गर्दै उनले नागरिकताको सिफारिस बनाएर नागरिकता दिलाएका थिए । 


वडाध्यषले झुक्किएर सिफारिस गरेको बताएपनि प्हरीले भने जन्मदर्ताको समेत प्रमाणपत्र दिलाएका छन् । वडाध्यक्षको नक्कली शिफारिसको आधारमा ८ चैत २०७७ मै उनले  जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । पक्राउ परेका आठै जनालाई नागरिकता सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।