close

मध्यरातमा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट 

मध्यरातमा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट 

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी प्रदेशमा बजेट पास नभएर किचलो बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले संसद अधिवेशन अन्त्य गर्दै अध्यादेशवाट बजेट ल्याएको छ । 


मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले  अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको हो । बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो । अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।  


प्रदेशसभाबाट बजेट अस्वीकृत भएको लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनका नेताहरुले दाबी गरेका छन् । प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वतः अस्वीकृत भएको दाबी गरेका हुन् ।


पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दल नेपाली काङ्ग्रेसका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताए । निर्णायार्थ पेश गर्न पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए ।


नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिष्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।