close

चाँगुनारायणमा अक्सिजन प्लान्ट जडान थालियो 

चाँगुनारायणमा अक्सिजन प्लान्ट जडान थालियो 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान सुरु गरेको छ । पालिकाले उत्तरी छिमेकी चीनबाट प्लान्टका लागि आवश्यक सामग्री खरिद गरेर ल्याएसँगै प्लान्ट जडान सुरु गरेको हो । नगरपालिका अस्पतालको भवनमा अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो । प्लान्टबाट दैनिक ४८ देखि ५० वटा ठूला अक्सिजन सिलिन्डर भर्न सकिनेछ ।

 

प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको छ । फाउन्डेसनका अध्यक्ष मणिराज खत्रीका अनुसार टेन्डर प्रक्रियामार्फत चीनबाट १ करोड १० लाख रुपैयाँमा उक्त सामग्री खरिद गरी ल्याइएको हो ।


१ करोड ५७ लाखमा गरिएको टेन्डरमा ४७ लाख कम गरी १ करोड १० लाख रुपैयाँमा उक्त सामग्री ल्याइएको हो ।  प्लान्ट जडान शुक्रबादेखि सुरु भएको छ । अबको केही दिनमा प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुनेछ ।  उत्पादित अक्सिजन प्लान्ट नगर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।