close

उदयपुर करदाता सेवा कार्यालयले उठायो ६४ करोड राजस्व

उदयपुर करदाता सेवा कार्यालयले उठायो ६४ करोड राजस्व

Trulli
ADVERTISEMENT

उदयपुर- कर दाता सेवा कार्यालय उदयपुरले कोभिड कहरका बीच आर्थिक वर्ष २०७७/७८ मा सन्तोषजनक राजस्व संकलन गरेको छ । २०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैयाँ राजस्व संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ ।


सबभन्दा बढी राजस्व आर्थिक वर्षको अन्तिम महिना असारमा संकलन भएको छ । असारमा १२ करोड ६६ लाख ५२ हजार ९ सय ६० रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत सरोज सिंहले जानकारी दिए ।


उनका अनुसार सबभन्दा कम राजस्व गत भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको छ । लक्ष्यअनुरूप राजस्व संकलन नभए पनि गत वर्षको भन्दा १.३० प्रतिशतले बढी हो । 


त्यसैगरी गत चैतमा ७ करोड ५४ लाख ६२ हजार २ सय २८ रुपैयाँ संकलन भएको छ भने त्यसपछि गत फागुनमा ७ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ संकलन भएको छ । अन्य महिनामा २ करोड ५९ लाखदेखि सवा ७ करोड रुपैयाँसम्म संकलन भएको अभिलेख कार्यालयसँग छ ।


साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ उठेको छ भने पुसमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६, माघमा ४ करोड ६१ लाख ९० हजार ८ सय ११ उठाएको कार्यालयले असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ उठाएको छ ।


त्यस्तै, वैशाखमा ३ करोड ९१ लाख ९५ हजार १ सय १७, जेठमा ३ करोड ८१ लाख ६७ हजार ३ सय १७, मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३, कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ रुपैयाँ कर कार्यालयले राजस्व संकलन गरेको छ । 


कार्यालयले २०७७/७८ मा सबभन्दा बढी राजस्व मूल्य अभिवृद्धि कर (भ्याट) बापत संकलन गरेको छ । भ्याटबापत ३१ करोड ३० हजार ५ सय २ रुपैयाँ संकलन भएको अधिकृत सिंहले बताए । त्यस्तै, कार्यालयले दोस्रो ठूलो हिस्सा राजस्व आयकरबापत उठाएको जनाएको छ । आयकरबापत कार्यालयले २९ करोड ३४ लाख ४८ हजार ५ सय ९१ रुपैयाँ उठाएको छ ।


विविधतर्फ १० हजार ४ सय ३८ रुपैयाँ उठेको सिंहले बताए । अघिल्लो आर्थिक वर्षभन्दा २०७७/७८ मा ८१ लाख ६८ हजार ८ सय ३५ रुपैयाँले बढी राजस्व संकलन भएको छ । प्रतिशतका आधारमा २०७७÷७८ मा अघिल्लो वर्षभन्दा १.३० प्रतिशतले मात्र वृद्धि भएको सिंहले जानकारी दिए ।


आर्थिक वर्ष २०७६/७७ मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २९ रुपैयाँ संकलन भएको थियो । आयकर २३ करोड ४९ लाख २९ हजार ३ सय ७९, भ्याट ३५ करोड ६१ लाख २२ हजार ४ सय ३३, अन्तशुल्क २ करोड २० लाख ४१ हजार ८ सय २०, घर बहाल कर १ करोड ६ लाख ७५ हजार ४ सय ८३, ब्याज कर ५७ लाख ६८ हजार ३०, शिक्षा सेवाशुल्क ४ लाख २५ हजार २ सय ६६, स्वास्थ्य सेवा कर १२ हजार १ सय १४ रुपैयाँ संकलन भएको थियो ।


दुई वर्षयता कोभिड कहरका कारण सोचेजस्तो राजस्व संक्लन गर्न नसकिएको कार्यालयले जनाएको छ ।