close

कुल संक्रमितमध्ये एक तिहाइ काठमाडौंमा

उपत्यकामा महानगरको वडा नम्बर १९ र २३ संक्रमित शून्य

कुल संक्रमितमध्ये एक तिहाइ काठमाडौंमा

उपत्यकामा महानगरको वडा नम्बर १९ र २३ संक्रमित शून्य

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा क्रमशः खुकुलो बनाएसँगै देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्दा सहरी क्षेत्रमा संक्रमितको दर बढेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।


देशभरका संक्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वडागत प्रारम्भिक विवरणअनुसार अहिले काठमाडौं जिल्लामा ३ हजार २८४ सक्रिय संक्रमित छन् ।


स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशमा गत सातादेखि संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौं महानगरले १८ साउनमा सार्वजनिक गरेको विवरणमा महानगरका ३२ वटा वडामा हालसम्म ७२ हजार ५८ जना कोभिड–१९ का संक्रमित छन् । 


यीमध्ये ३ हजार २८४ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ३ हजार १०४ जना होम आइसोलेसनमा, १२१ जना अस्पतालमा र ५९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमणका कारण काठमाडौं जिल्लामा अहिलेसम्म ५१० जनाले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २६४ जना संक्रमणमुक्त भएको तथ्यांक छ ।


महानगरको वडा नम्बर १ मा हालसम्म ४१ जना सक्रिय संक्रमित छन् । यीमध्ये ३६ जना होम आइसोलेसनमा, ३ जना अस्पतालमा र २ जना संस्थागत आइसोलेसनमा छन् ।

महानगरका अनुसार वडा नम्बर २ मा ४६ जना सक्रिय संक्रमित छन् । यीमध्ये ४४ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा उपचाररत छन् ।

वडा नम्बर ३ मा १७५ जना सक्रिय संक्रमित छन् । यीमध्ये १२८ जना होम आइसोलेसनमा, ४१ जना अस्पतालमा र ६ जना संस्थागत आइसोलेसनमा छन् ।

वडा नम्बर ४ मा १५१ जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा र ६ जना संस्थागत आइसोलेसनमा गरी १६८ जना सक्रिय संक्रमित छन् ।

वडा नम्बर ५ मा १९० जना सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको काठमाडौं महानगरको विवरणमा उल्लेख छ । 

वडा नम्बर ६ मा होम आइसोलेसनमा २३६ जना र २ जना अस्पतालमा गरी २३८ जना सक्रिय संक्रमित छन् ।

वडा नम्बर ७ मा ११० जना सक्रिय संक्रमित छन् । सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर ८ मा १३ जना सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको महानगरले जनाएको छ ।

वडा नम्बर ९ मा ७७७ जना सक्रिय संक्रमितमध्ये ७७६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् । 

वडा नम्बर १० मा १०२ जना होम आइसोलेसनमा र १० जना अस्पतालमा गरी ११२ जना सक्रिय संक्रमित छन् ।

वडा नम्बर ११ मा रहेका ३२२ जना सक्रिय संक्रमित सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर १२ मा रहेका ९ जना सक्रिय संक्रमितमध्ये ५ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । 

बुधबारसम्म वडा नम्बर १३ मा ५६ जना सक्रिय संक्रमित छन् । यीमध्ये ५४ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा छन् ।

वडा नम्बर १४ मा रहेका ९० सक्रिय संक्रमितमध्ये ८४ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र १ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

महानगरका अनुसार वडा नम्बर १५ मा रहेका १२६ जना सक्रिय संक्रमिमध्ये ८९ जना होम आइसोलेसनमा, ७ जना अस्पतालमा र ३० जना संस्थागत आइसोलेसनमा छन् । 

वडा नम्बर १६ मा २२१ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा गरी २४१ जना सक्रिय संक्रमित रहेको तथ्यांक छ ।

वडा नम्बर १७ मा रहेका ३० जना सक्रिय संक्रमित सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर १८ मा रहेका ३ जना सक्रिय संक्रमित सबै होम आइसोलेसनमा छन् ।

महानगरको तथ्यांकमा वडा नम्बर १९ मा १ जना पनि सक्रिय संक्रमित छैनन् ।

वडा नम्बर २० मा रहेका २ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।

वडा नम्बर २१ मा रहेका १३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । 

वडा नम्बर २२ मा रहेका २ जना सक्रिय संक्रमित होम आइसोलेसनम छन् । 

वडा नम्बर २३ मा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

वडा नम्बर २४ मा ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर २५ मा रहेका ९ जना संक्रमित होम आइसोलेसनमा छन् ।

वडा नम्बर २६ मा रहेका ८३ सक्रिय संक्रमितमध्ये ६८ जना होम आइसोलेसनमा, ८ जना अस्पतालमा र ९७ जना संस्थागत आइसोलेसनमा रहेको तथ्यांक छ ।

वडा नम्बर २७ मा रहेका ७ जना सक्रिय संक्रमितमध्ये ६ जना होम आइसोलेसनमा र १ जना अस्पतालमा उपचाररत छन् ।

वडा नम्बर २८ मा ११ जना सक्रिय संक्रमित छन् । तीमध्ये सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर २९ मा ४५ जना सक्रिय संक्रमित रहेकामा सबै होम आइसोलेसनमा छन् ।

वडा नम्बर ३० मा रहेका १३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।

वडा नम्बर ३१ मा ७९ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा गरी ८१ जना सक्रिय संक्रमित छन् । 

वडा नम्बर ३२ मा रहेका २६५ सक्रिय संक्रमितमध्ये २५६ जना होम आइसोलेसनमा, ३ जना अस्पतालमा र ६ जना संस्थागत आइसोलेसनमा रहेको महानगरको विवरणमा उल्लेख छ ।