close

कोरोनाले सुनसान पर्यटनको आँखीझ्याल हिल्सा

कोरोनाले सुनसान पर्यटनको आँखीझ्याल हिल्सा

Trulli
ADVERTISEMENT

हुम्ला– पर्यटकीय सिजनमा आन्तरिक तथा बाह्य मानिसको बाक्लो चहलपहल हुने चीनसँग नाका जोडिएको नाम्खा गाउँपालिकाको हिल्सा कोरोना महामारीका कारण दुई वर्षयता सुनसान बनेको छ । पर्यटकीय सिजनमा धेरै भीडभाड हुने हिल्साका होटल बन्द छन् भने पर्यटक आगमन ठप्प छ ।

 

कोरोनाका कारण चीनसँगको सीमा नाका बन्द हुँदा मानसरोवर कैलाश दर्शन गर्ने तीर्थालु र आन्तरिक पर्यटक नआएपछि हिल्सा बजार बन्दजस्तै देखिएको हो । 

 

होटल व्यवसायी कर्मा लामा दुई वर्षदेखि हिल्सा नाका सुनसान हुँदै आएको बताउँछन् । नाकाबाट आन्तरिक र बाह्य गरी १५ हजारसम्म पर्यटकले मानसरोवर कैलाशको दर्शन गर्दा गुल्जार हुने गरेको थियो । तर, दुई वर्षयता पर्यटक आउन बन्द भएपछि हिल्सा बजार सुनसान हुँदै गएको उनको भनाइ छ । 

 

‘हिल्साको हेलिप्याडबाट चीनको सिामानासम्म पर्यटक, भरिया र अन्य मानिसको आउजाउ बिहान ६ बाट बेलुकी ६ बजेसम्म हुने गथ्र्यो । तर, अहिले त्यो सपनाजस्तो भएको छ । कोरोनाले धेरैको रोजगारी खोसेको छ’, लामा भन्छन् ।

 

हिल्सामा मात्र डेढ सय भरियाले काम पाउँदै आएका थिए । मानसरोवर कैलाश दर्शन गर्ने भारतीय पर्यटकको चाप बढेपछि होटलले नथेगेर व्यक्तिका घर–घर लामाले विगत सम्झिए । 

 

पर्यटक आगमन नहुँदा हिल्सामा पर्यटक लक्षित सात वटा होटल बन्द भएका छन् । पर्यटनका पिक सिजनमा सीमकोटबाट हिल्साका लागि मात्रै १० वटा हेलिकोप्टरले डेढ सय उडान भर्ने गरेका थिए ।

 

त्यो अवधिमा होटल व्यवसायीले ४ करोड रुपैयाँको कारोबार गर्ने गरेका थिए । गत वर्ष कोरोना महामारी सुरु भएपछि हालसम्म हिल्साका अधिकांश होटल र घरसमेत बन्द रहँदै आएका छन् ।