close

भालुवाङमा निःशुल्क आँखा उपचार

भालुवाङमा निःशुल्क आँखा उपचार

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिका वडा नम्बर १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिबार निःशुल्क आँखा उपचार सुरु हुने भएको छ । 

 

लमहीस्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने व्यवस्था मिलाइएको वडा नम्बर १ का अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिए । 

 

हरेक महिनाको अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुने भएकाले आँखा जाँच गराउन सबै वडावासीलाई वडाध्यक्ष तारा बहादुर डिसीले आग्रह गरेका छन् । 


महिनाको अन्तिम शनिबार उपलब्ध हुने सेवाहरुमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन गरिने छ ।