close

सिद्धार्थनगरका ५ नम्बर वडा सदस्यको निधन

सिद्धार्थनगरका ५ नम्बर वडा सदस्यको निधन

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा–५ का वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 


कोरोना पोजेटिभ भई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।


कोरोनाका कारण थला परी घरमै बेहोस भएको अवस्थामा तुलाचनलाई असोज १४ मा  अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राती १० बजे  निधन भएको हो ।


वडा सदस्यलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए ।

 

अस्पताल पुर्‍याउँदा उनमा निमोनिया, रगतमा खराबी र कलेजोमा पूरै संक्रमण देखिएको प्रमुख केसीले जानकारी दिए ।