close

राप्ती क्षेत्रको मुख्य सडक अनुगमन

राप्ती क्षेत्रको मुख्य सडक अनुगमन

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुखसहितको टोलीद्वारा भालुवाङदेखि सिंगे क्षेत्रको सडकको अवस्था अनुगमन गरिएको छ । 


महेन्द्र राजमार्गअन्तर्गत भालुवाङदेखि सिंगे क्षेत्रको सडक वर्षासँगै खाल्डाखुल्डी पर्दा दुर्घटनाको जोखिम बढ्दै गएकाले मर्मतका लागि अनुगमन गरिएको हो । 


अनुगमनपछि राप्ती गाउँपालिका अध्यक्ष सुवेदी, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ तथा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख निरज शाक्यबीच बिग्रिएको सडक तत्काल मर्मत सुरु गर्ने सहमति भएको छ । 


सडक अनुगमनका क्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीलगायतको सहभागिता थियो ।