close

अब सबै पालिकामा अस्पताल

None

अब सबै पालिकामा अस्पताल

None

ADVERTISEMENT

अस्पताल नभएका स्थानीय तहहरुमा अब एमबिबिएस चिकित्सक सहितको अस्पताल संचालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा न्यूनतम पाँच शैयाको अस्पताल तत्काल संचालन गर्नेगरि ६४ करोड रुपैयाँ निकासा समेत गरिसकेको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पालिकामै उपचार सहज बनाउन अस्पताल संचालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । 


अस्पतालमा तत्काल कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी रहने छन् । स्थानीयतहले आफ्नै पालिकाभित्र भएको स्वास्थ्य चौकी तथा प्राथमीक उपचार केन्द्रलाई नै अस्पतालको रुपमा प्रयोग गर्न सक्ने छन् । अस्पताल संचालन गर्नेदखि चिकित्सक तथा नर्सको व्यवस्थापन गर्ने जिम्मासमेत सम्बन्धीत पालिकालाई नै दिईएको छ ।


स्थानीयतहको पुनर्संरचना लगत्तै हरेक पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने भनीएतापनि कार्यान्वयन भने हुने सकेको थिएन । कोरोना भाईरसको संक्रमणकालीन अवस्थामा भएपनि अस्पताल निर्माणप्रति सरकारले देखाएको तदारुकताले स्वास्थ्य सेवामा अब नागरीकको पहँच बढ्ने बताउनुहुन्छ, राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापा ।