close

सनाखतका लागि माधव नेपालसहितका नेता निर्वाचन आयोगमा

सनाखतका लागि माधव नेपालसहितका नेता निर्वाचन आयोगमा

Trulli
ADVERTISEMENT

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा जम्मा  भएक छन् । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका  लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए। आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो । 

 

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक संख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको बताए ।

 

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।