close

गुल्मीका स्थानीय तहमा २२ करोड रुपैयाँ बेरुजु, कुन तहमा कति छ बेरुजु ? 

गुल्मीका स्थानीय तहमा २२ करोड रुपैयाँ बेरुजु, कुन तहमा कति छ बेरुजु ? 

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीका स्थानीय तहमा २२ करोड रुपैयाँ बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७६\७७ मा कूल २१ करोड ८२ लाख ५८ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

 

आव ०७५\७६ मा भन्दा ०७६\७७ मा जिल्लाका पालिकाहरूमा १ करोड ६८ लाख ५५ हजार रुपैयाँ कम बेरुजु आएको छ । आव ०७६\७७ मा जिल्ल्लाका १२ पालिकामा २३ करोड ५१ लाख १३ हजार बेरुजु आएको थियो । आव ०७४\७५ मा भने जिल्लामा कूल १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो ।

 

सत्यवती र मुसिकोटमा धेरै, मदानेमा कम

जिल्लाका सबै स्थानीय तहहरूमध्ये सत्यवती गाउँपालिकामा बढी बेरुजु देखिएको छ ।  एक अर्ब ३४ करोड ४५ लाख १६ हजारको लेखापरीक्षण गर्दा ४ करोड २४ लाख ७८ हजार बेरुजु देखिएको छ । सत्यवतीमा ०७५\७६ मा २ करोड ६८ लाख ४८ बजार बेरुजु देखिएको थियो । ०७५\७६ मा भन्दा ०७६\७७ मा सत्यवतीमा एक करोड ५६ लाख ३० हजारभन्दा बढी बेरुजु देखिएको छ ।

 

सत्यवतीपछि मुसिकोट नगरपालिकामा बढी बेरुजु आएको छ । १ अर्ब ३६ करोड ९ लाख ५८ हजारको लेखापरीक्षण गराएको मुसिकोटमा ३ करोड ११ लाख ६६ हजार बेरुजु देखिएको छ । नगरपालिकामा आव ०७५\७६ मा ४ करोड ५४ लाख ८८ हजार बेरुजु आएको थियो । ०७५\७६ मा भन्दा ०७६\७७ मा नगरपालिकाले १ करोड ४३ लाख २२ हजार बेरुजु घटाएको छ । ९९ करोड ५१ लाख ४९ हजारको लेखापरीक्षण गराएको कालीगण्डकी गाउँपालिकामा २ करोड ५५ लाख ५९ हजार बेरुजु देखिएको छ । 

 

कालीगण्डकीमा आव ०७५\७६ मा २ करोड ५२ लाख १२ हजार बेरुजु देखिएको थियो । ०७५\७६ मा भन्दा ०७६\७७ मा कालीगण्डकीमा ४३ लाखभन्दा बढी बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । ९९ करोड ५४ लाख ३८ हजारको लेखापरीक्षण गराएको मालिका गाउँपालिकामा दुई करोड ४९ लाख ७२ हजार बेरुजु देखिएको छ । जुन आव ०७५\७६ मा भन्दा एक करोड ७३ लाख ५० हजारले बढी हो । मालिकामा आव ०७५\७६ मा ७६ लाख २२ हजार बेरुजु आएको थियो । त्यस्तै आव ०७४\७५ मा गाउँपालिकामा कूल ३ करोड ९९ लाख १९ हजार बेरुजु देखिएको थियो ।

 

चन्द्रकोट गाउँपालिकाले आव ०७५\७६ मा भन्दा ०७६\७७ मा १ करोड ९४ लाख ९० हजारले बेरुजु घटाएको छ । जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो । आव ०७६\७७ मा २ करोड २० लाख बेरुजु देखिएको छ । जबकि ०७५\७६ मा गाउँपालिकामा ४ करोड १४ लाख ९० हजार बेरुजु देखिएको थियो । चन्द्रकोटमै आव ०७४\७५ मा भने ३५ लाख ९२ हजार बेरुजु देखिएको थियो । 

 

छत्रकोट गाउँपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ । कूल ९७ करोड १४ लाख ८२ हजारको लेखापरीक्षण गराएको छत्रकोटमा ९४ लाख ११ हजार बेरुजु देखिएको थियो । गाउँपालिकाले आव ०७५\७६ मा ७८ करोड ९७ लाख ६९ हजारको लेखापरीक्षण गर्दा २ करोड ९३ लाख २३ हजार बेरुजु देखिएको थियो । आव ०७५\७६ मा भन्दा ०७६\७७ मा छत्रकोटमा १ करोड ९९ लाख १२ हजारले बेरुजु रकम घटेको छ ।

 

कूल ८५ करोड २२ लाख १४ हजारको लेखापरीक्षण गराएको गुल्मीदरबार गाउँपालिकामा १ करोड ६४ लाख ६७ हजार बेरुजु देखिएको छ । आव ०७५\७६ मा ७० करोड ४३ लाखको परीक्षण गराउँदा गाउँपालिकामा एक करोड ७७ लाख ५३ हजार बेरुजु देखिएको थियो । आव ०७४\७५ मा तीन लाख ३९ हजार मात्रै बेरुजु देखिएको गुल्मीदरबारमा ०७५\७६ मा १ करोड ७४ लाख १४ हजार बेरुजु रकम बढी देखिएको थियो ।

 

१ अर्ब १४ लाख २६ हजार ५१ हजारको लेखापरीक्षण गराएको रेसुंगा नगरपालिकामा १ करोड ६० लाख ७६ हजार बेरुजु देखिएको छ । आव ०७५\७६ मा १ अर्ब ९ करोड १६ लाख ६६ हजारको परीक्षण गराउँदा नगरपालिकामा १ करोड २३ लाख छ हजार बेरुजु देखिएको देखिएको थियो । आव ०७५\७६ मा भन्दा ०७६\७७ मा नगरपालिकामा ३७ लाख ७० हजारभन्दा बढी बेरुजु देखिएको छ । आव ०७४\७५ मा १ करोड ७२ लाख २३ हजार बेरुजु देखिएको थियो । 

 

धुर्कोट गाउँपालिकामा १ करोड २३ लाख ७४ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले १ अर्ब पाँच करोड १५ लाख ६७ हजारको परीक्षण गराएको थियो । ०७५\७६ मा भन्दा ०७६\७७ मा गाउँपालिकामा २२ लाख ५३ हजार रकम बढी बेरुजु देखिएको छ । आव ०७४\७५ मा भने धुर्कोटमा कूल एक करोड १६ लाख ४४ हजार बेरुजु आएको थियो । ८७ करोड ८५ लाख ९४ हजारको परीक्षण गराएको इस्मा गाउँपालिकामा १ करोड ७ लाख ७५ हजार बेरुजु देखिएको छ । जुन आव ०७५\७६ भन्दा १४ लाख ६४ हजारले बढी हो । इस्मा गाउँपालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । गाउँपालिकामा ०७४\७५ मा ७८ लाख ५५ हजार तथा ०७५\७६ मा ९३ लाख ११ हजार बेरुजु देखिएको थियो ।

 

रुरुक्षेत्र गाउँपालिकामा ४४ लाख ३४ हजार बेरुजु आएको छ । गाउँपालिकाले ०७६\७७ का लागि ९९ करोड ४५ लाख ३९ हजारको लेखापरीक्षण गराएको थियो । गाउँपालिकाले बर्सेनि बेरुजु रकमलाई घटाएको छ । आव ०७४\७५ मा ७९ लाख १८ हजार तथा ०७५\७६ मा रुरुक्षेत्रमा ७१ लाख २३ हजार बेरुजु आएको थियो । जिल्लामा सबैभन्दा कम मदाने गाउँपालिकामा बेरुजु देखिएको छ । कूल ८९ करोड ७७ लाख १५ हजारको लेखापरीक्षण गराएको मदानेमा २५ लाख ४६ हजार बेरुजु आएको छ । आव ०७५\७६ मा गाउँपालिकामा २५ लाख १६ हजार तथा ०७४\७५ मा ४८ लाख ४६ हजार बेरुजु आएको महालेखाले जनाएको छ ।