close

प्रदेश १ मा राई गए, आचार्य आए

प्रदेश १ मा राई गए, आचार्य आए

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री हुने भएका हुन् ।


मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

 

आचार्यलाई बिहीबार नै मुख्यमन्त्रीको सपथ गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथ गराउने तयारी गरेको छ ।

 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बिहीबार दिउँसो सपथ ग्रहण गर्ने अनौपचारिक जानकारी आएको बताए ।