close

नेपाली बजारमा भित्रियो नयाँ टाटा सफारी

नेपाली बजारमा भित्रियो नयाँ टाटा सफारी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ ।


७ सिट क्षमताको यो गाडीमा आरामदायी रहेको कम्पनीले बताएको छ । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीको भनाइ छ ।


ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित रहेको छ । नेपाल पनि यस्तै वनस्पतिले भरिपूर्ण भएकाले नयाँ सफारी सुहाउँदो रहेको कम्पनीले बताएको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का सोरुममार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइनेछ ।

 

‘एसयूभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीको तीन आधारस्तम्भ हुन् । नेपालमा पनि यो गाडी रोजमाइमा पर्ने विश्वास छ,’ टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस प्रमुख मायांक बाल्डले भने ।

 

ओमेगा आर्किटेक्चरमा तयार पारिएको यो गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । भारतमा ६ महिने अवधिमै १० हजार थानभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।

 

‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोसेढुंगा हो । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यो गाडीले एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा छ,’ सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने । कम्पनीले नयाँ टाटा सफारीको सुरु मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।