close

धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढ्यो 

धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढ्यो 

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६\७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट  १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ आम्दानी गरेकामा गत आवमा  २० करोड ६० हजार दुई सय ४६ रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट ४ करोड ८ लाख २० हजार ६ सय ५९, घरबहाल करबाट ३ करोड १७ लाख १६ हजार ५ सय, बहालबिरौटी करबाट ९ लाख ७६ हजार, सवारीसाधन करबाट ४ लाख ९७ हजार ७ सय पाँच र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट १ करोड ६८ लाख ८७ हजार तीन सय ३५ आम्दानी गरेको बताए ।

 

त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट  ८३ लाख १७ हजार ९ सय ४४, अन्य सेवा शुल्क तथा बिक्रीबाट  २३ लाख ८० हजार ५ सय ९८, शिक्षा क्षेत्रबाट  ८ लाख ४६ हजार ४ सय, पार्किङ शुल्कबाट  २० लाख ५६ हजार ९ सय ६० रुपैयाँ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिए । 

 

उपमहानगरपालिकाले नक्सापास दस्तुरबाट ३ करोड ४९ लाख ७७ हजार ६ सय ३४, सिफारिस दस्तुरबाट १ करोड ५३ लाख ५७ हजार ६ सय ४६, व्यक्तिगत घटना दर्ताबाट  ६ लाख ४८ हजार सात सय २५, नाता प्रमाणित दस्तुरबाट २ लाख २८ हजार एक सय, अन्य दस्तुरबाट १ लाख, प्रशासनिक दण्ड जरिवाना र जफतबाट  ६१ लाख पाँच हजार सात सय ८७, अन्य राजस्वबाट ३ करोड ७६ लाख ४३ हजार २ सय ८ र बेरुजु असुलबाट ४ लाख ९९ हजार ४४ रुपैयाँ आम्दानी गरेको जनाइएको छ ।

 

गत आव ०७६\७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट  १४ करोड ५४ लाख ७३ हजार २ सय ७१ आम्दानी गरेकामा आव ०७६÷७७ को तुलनामा ०७७\७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।