close

सैनामैनामा अर्गानिक स्रोत केन्द्र स्थापना हुँदै

सैनामैनामा अर्गानिक स्रोत केन्द्र स्थापना हुँदै

Trulli
ADVERTISEMENT

रूपन्देही\सैनामैना– रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापुरमा अर्गानिक स्रोत केन्द्र स्थापना हुने भएको छ । सैनामैना नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा सेतो गुँरास बालविकास केन्द्रको समन्वयमा स्रोत केन्द्र स्थापना गर्न लागिएको हो । 

 

नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले विपन्न परिवारलाई आयआर्जनका गर्न लगानी गरिएकाले रकमको सदुपयोग गर्न कृषकलाई आग्रह गरे । गरिब विपन्न तथा पछाडि परेको समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको प्रमुख कार्कीले बताए । 


संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका संयोजक बलराम पौडेलले कोभिड–१९ बाट प्रभावित परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले भने, ‘आयआर्जनलाई जोडेर अर्गानिक स्रोत केन्द्र बनाउनेतिर ध्यान दिनुपर्छ ।’


सेतो गुँरास रूपन्देहीकी प्रमुख सुमित्रा शर्माले अर्गानिक तरकारी उत्पादनमा कृषकलाई अभ्यस्त गराउनुका साथै पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताइन् । सो स्थानमा नगरपालिकाले करिब ५ बिघा क्षेत्रफलमा १५ विपन्न समुदायका परिवारले विभिन्न प्रकारका खेती गरिरहेका छन् । त्यसबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको बताइएको छ ।