close

तुलसीपुरमा एक वडा एक एम्बुलेन्स 

तुलसीपुरमा एक वडा एक एम्बुलेन्स 

Trulli
ADVERTISEMENT

दाङ– तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

 

नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत उपमहागनरपालिकाले  १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

 

बाँकी चार वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिए ।