close

वर्ल्डलिंकको एक्सप्रेस वाईफाई सेवा

वर्ल्डलिंकको एक्सप्रेस वाईफाई सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं - इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा दिने घोषणा गरेको छ ।

 

विभिन्न देशमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी फेसबुकले एक्सप्रेस वाईफाई सेवा दिइरहेको छ ।


सोही योजनाअनुसार वर्ल्डलिंकले ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई दिने योजना अघि सारेको हो । सार्वजनिक स्थानमा यो सेवालाई विस्तार गरिने जानकारी कम्पनीले दिएको छ ।


फेसबुक एक्सप्रेस सोसियल नेटवर्किङ सफ्टवेयर कम्पनी हो, जसले नेटवर्कको समस्या रहेका ठाउँमा नजिकको इन्टरनेट सेवाप्रदायक कम्पनीले दिइरहेको पब्लिक वाईफाईसँग जोडेर इन्टरनेट गतिलाई बढाउने काम गर्छ । 


वर्ल्डलिंकले देशभर १० हजार पब्लिक वाईफाईमार्फत सेवा दिइरहेको छ । ३० हजार ठाउँमा फ्री वाईफाई पनि विस्तार गरेकामा फेसबुक एक्सप्रेस सुरु भएपछि सफ्टवेयरले इन्टनेटको गति बढाउनेछ ।


वर्ल्डलिंक कम्पनीका अध्यक्ष दीपक अग्रवालले देशभर इन्टरनेट सेवा विस्तार गरी दैनिक केही घन्टा निःशुल्क सेवा प्रदान गरिने बताए । उनले भने, ‘हामीले फ्रिक्वेन्सी पाएका छैनौं, सरकारले फ्रिक्वेन्सी दियो भने देशभर सेवा विस्तार गरी दैनिक कम्तीमा २ घन्टा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा छौं ।’