close

कांग्रेस वडा अधिवेशन : रोल्पामा ७२ वडामध्ये ६६ वडामा सर्वसम्मत

कांग्रेस वडा अधिवेशन : रोल्पामा ७२ वडामध्ये ६६ वडामा सर्वसम्मत

Trulli
ADVERTISEMENT

रोल्पा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन  भएका छन् । सर्वसम्मत हुन नसकेका छ  वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।

 

‘अधिवेशन  हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ’, कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । 

 

जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।