close

नमस्ते पे अनलाइन भुक्तानी सेवा चलाउँदै नेपाल टेलिकम

नमस्ते पे अनलाइन भुक्तानी सेवा चलाउँदै नेपाल टेलिकम

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले मंगलबारदेखि नेपाल डिजिटल पेमेन्ट कम्पनीको सहकार्यमा अनलाइन भुक्तानी सेवा सुरु गर्दै छ । टेलिकमका अनुसार सुरुमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।  कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलबारदेखि सञ्चालनमा ल्याइन लागेको बताए । वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा युएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।सुरुमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानीलगायत सेवा उपलब्ध हुनेछन् ।