close

बजेट होलिडे : सरकारले केही दिन राज्यकोषबाट खर्च गर्न नपाउने 

बजेट होलिडे : सरकारले केही दिन राज्यकोषबाट खर्च गर्न नपाउने 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रतिनिधिसभामा विचाराधीन बजेट (विनियोजन विधेयक–२०७८)  लाई सरकारले  नियमित प्रक्रियाबाटै पास गर्ने भएसँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ ।

 

अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले  बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा टेबल गरेका थिए ।  मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो । 

 

अध्यादेश टेबल भएको मितिले ६० दिन अर्थात भदौ ३० गतेसम्म संसदका दुबै सदनबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने थियो । सरकारले पेश्की विधेयक ल्याएर नियमित खर्च गर्न सक्थ्यो । पेश्की विधेयक पनि नल्याएकाले केही दिनका लागि राज्यकोषबाट खर्च गर्न नपाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन राज्यकोषबाट खर्च नहुने बताए ।