close

बागमती प्रदेश सरकारले बढाएको भाडा १ कात्तिकदेखि लागू हुने 

बागमती प्रदेश सरकारले बढाएको भाडा १ कात्तिकदेखि लागू हुने 

Trulli
ADVERTISEMENT

बागमती– बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । प्रदेश सरकारले  यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।

 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा  १८ कायम गरिएको छ । दश किमीसम्मको  २३, १५ किमीसम्मको  २७, २० किमीसम्मको  ३० र २० किमीभन्दा माथिको  ३५ कायम गरिएको बताइएको छ ।

 

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।