close

कपिलवस्तुमा झाडापखालाका बिरामी ४६१ पुगे

स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकसहितको टोली 

कपिलवस्तुमा झाडापखालाका बिरामी ४६१ पुगे

स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकसहितको टोली 

Trulli
ADVERTISEMENT

रूपन्देही–कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ३ दिनदेखि फैलिएको झाडापखालाका बिरामी ४६१ पुगेका छन् । कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८, ९ मा १८ असोज रातीदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वात्तै बढेको हो । 


चेतना अभावले सरसफाइमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले बताए । प्रकोप फैलिएको ठाउँमा चेतनाका कार्यक्रम सुरु गरिएको र झाडापखाला फैलिनुको कारण सम्बन्धमा शुक्रबार बेलुकीसम्म रिपोर्ट आउने उनको भनाइ छ ।


शिवराज अस्पतालका निमित्त प्रमुख डा. मुकेश चौधरीले अहिलेसम्म ४६१ जना झाडापखालाका बिरामी भर्ना भएको बताए । शिवराज अस्पताल, नगरपालिका र छिमेकी पालिकाबाट पनि सहयोग मागिएको उनले जानकारी दिए । अस्पतालले सबै बिरामीको निःशुल्क उपचार गरेको छ ।


शिवराज अस्पतालका इमर्जेन्सी इन्र्चाज रवि उपाध्याका अनुसार स्थानीयले आफूहरू एक्कासि बिरामी परेको र कारण केही नदेखिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाएको छ । 


नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि, स्थानीय तहबाट प्रादेशिक, जिल्लातथा स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाको सहयोग तथा समन्वयमा थप आवश्यक औषधी तथा जनशक्तिसमेत परिचालन गरी झाडापखाला नियन्त्रण तथा व्यवस्थापन भइरहेको बताइएको छ । 

 

लुम्बिनी प्रदेश स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म भर्ना भएका ३७० बिरामीको उपचार गरिएकामा २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट डिस्चार्ज भइसकेका छन् । ११० जना उपचाररत रहेको, ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको छ ।

 

५ जना बिरामीको दिसाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहेको र नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । झाडापखालाबाट कपिलवस्तुमा २ जनाको मृत्यु भइसकेको छ ।