close

च्याउ खेतीमा हेलिँदै सप्तरीका तन्नेरी 

च्याउ खेतीमा हेलिँदै सप्तरीका तन्नेरी 

Trulli
ADVERTISEMENT

सप्तरी–    गरे के हुन्न । बारीमै नुनदेखि सुन फलाउन सकिन्छ भन्ने उदाहरण सप्तरीको राजविराज नगरपालिकाका युवा तन्नेरीले देखाइदिएका छन् ।बेरोजगारीका कारण युवाहरू बिदेसिने क्रम बढिरहेको अवस्थामा यहाँका युवायुवतीले राजविराज नगरपालिका वडा नम्बर ८ स्थित बेमौसमी च्याउ खेती उद्योग सञ्चालन गरी घरमै बसेर मासिक लाखौँ आम्दानी गरिरहेका हुन् ।


राजविराज नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन हुर्क नेपालको आयोजनामा च्याउ खेतीसम्बन्धी ५ दिने तालिमपछि यहाँका युवायुवती व्यावसायिक रूपमा च्याउ खेतीतर्फ आकर्षित भएको संस्थाका अध्यक्ष पार्थो सरकारले बताए ।  हाल उक्त संस्थाका अध्यक्ष सरकार, इन्दु गिरी, कमली उपाध्याय र सुनिता बस्नेतसहित मिलेर व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन् । 


सुरुमा १५ हजार रुपैयाँ लगानी गरेर झापाको उर्लाबारीबाट च्याउको बिउ ल्याएर खेती सुरु गरेकामा अहिले यसलाई व्यावसायिक बनाएपछि मासिक १० देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको अध्यक्ष सरकारले बताए । उनले भने, ‘सुरु–सुरुमा च्याउ माग कम आए पनि हाल दिनहुँ २० देखि ३० किलोसम्म बिक्री हुँदै आएको छ ।’


प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुने च्याउ अहिले सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका अन्य बजार तथा ग्रामीण भेगमा समेत बिक्री वितरण भइरहेको छ । 


व्यावसायिक रूपमा सुरु गरेको च्याउ माग अहिले दिनप्रतिदिन बढ्दै गएको तथा एक महिने अवधिमा करिब ६५ किलोसम्म च्याउ बिक्री गरिसकेको उनले जानकारी दिए ।