close

के भन्छन् उपप्रमुख ? 

के भन्छन् उपप्रमुख ? 

Trulli
ADVERTISEMENT

०७२ मा जारी भएको संविधानले तोकेअनुसार यतिबेला राज्यका हरेक तह र तप्कामा महिला सहभागिता बढेको छ । संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला छन् । प्रमुख पद नपाए पनि उपप्रमुखमै रहेर महिलाले उदाहरणीय काम गरेका छन् । 


तथापि धेरैजसो स्थानीय तहमा संविधान र ऐनले तोकेबाहेकका अधिकार आफूहरूले पाउन नसकेको महिला उपप्रमुखहरूको गुनासो छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका तथा ४ सय ६० गाउँपालिकामा ३५ हजार जनप्रतिनिधि चुनिए । त्यसमध्ये ४० प्रतिशत अर्थात् १४ हजार बढी महिला रहेका छन् ।

 

महिला अधिकार कागजमा मात्रै सीमित भयो
रञ्जुकुमारी साह

उपप्रमुख, बोदेबरसाइन नगरपालिका, सप्तरी

 

संविधानले महिलालाई अधिकार दिए पनि त्यो कागजी रूपमा मात्रै सीमित छ । अझै पनि महिला र पुरुषबीच असमानताको खाडल रहेकाले त्यसलाई चिर्न जरुरी छ । पुरुष जनप्रतिनिधिले महिलालाई हेप्नेदेखि अधिकारविहीनसम्म बनाउने गरेका छन् । म आफैँ यसको पीडित हुँ । मैले उपप्रमुख भएपछि अहिलेसम्म आप्mनो अधिकार प्रयोग गर्न पाएकी छैन  । नगरप्रमुखबाट मेरो अधिकार खोसिएको छ । पटक-पटक अधिकार क्षेत्रबारे गुनासो गर्नुपर्ने अवस्था छ । 

 

गाउँपालिका अध्यक्षबाट क्षेत्राधिकार खोसियो
सुचिताकुमारी यादव 
उपाध्यक्ष, तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी


नगरपालिका प्रमुखबाट अधिकार खोसिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ३ दफा १६ उपदफा ४ ख अनुसार उपप्रमुख संयोजकत्वको समितिले योजना अनुगमन तथा सुपरिवेक्षण गरी बोर्ड बैठकमा प्रतिवेदन पेस गरेर योजना पास भए मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिका अध्यक्षले उपाध्यक्षसँग छलफलै नगरी सीधै योजनाको भुक्तानी दिने गरेका छन् । 
०७४-०७५ मा मेरै संयोजकत्वको समितिबाट योजना अनुगमन तथा सुपरिवेक्षण गरी बोर्ड बैठकमा प्रतिवेदन पेस गरेर योजना पास गरेकी  थिएँ ।  कति योजनामा कामै नगरी पैसा निकासाको दबाब दिन थालेपछि मैले त्यसमाथि रोक लगाएकी थिएँ । २ वर्षदेखि गाउँपालिका अध्यक्षले कर्मचारीसँग मिलेरै योजनाको अनुगमन नगराई भुक्तानी दिइरहेका छन्  । 

 

नगरप्रमुखसँग काम गराइमा तालमेल मिलेन
साधना झा 
उपप्रमुख, राजविराज नगरपालिका, सप्तरी


नगरपालिकामा उपप्रमुख निर्वाचनकै बेला बालबिहे, महिला हिंसा, दाइजो प्रथालगायतका विकृतिविरुद्ध लड्ने प्रतिबद्धता जनाएकी थिएँ । नगरबासीको विश्वासका कारणले नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर मिलेको हो । चुनावमा व्यक्त प्रतिबद्धता एकल प्रयासले पूरा नहुँदो रहेछ । विशेषतः नगर प्रमुखबाट मैले सहयोग पाउन सकेकी छैन ।

 

नगरप्रमुखको कुरा एकातिर र मेरो कुरा अर्कोतिर हुँदा काम गराइमा तालमेल मिलेको छैन । अधिकार पाए पनि नगरप्रमुखबाटै सबै काम हुने गरेको छ । बालबिहे, बालश्रम तथा महिला हिंसाले समाज उत्थानमा रोकावट गर्ने हुँदा आपूmले लिएको संकल्प पूरा गर्न नगरका अन्य जनप्रतिनिधिको पनि सहयोगको अपेक्षा गरेकी छु । तर, सोचेअनुसार सहयोग पाउन सकिएन ।