close

बाँसगढी नगरका घरघरमै उद्यम

बाँसगढी नगरका घरघरमै उद्यम

Trulli
ADVERTISEMENT

बर्दिया–  कृषि तथा पशुपालनबाट नगरिकलाई स्वरोजगार बनाउने उद्देश्यले बाँसगढी नगरपालिकाले ‘एक गाउँ, एक उत्पादन कार्यक्रमलाई प्राथमिकताका साथ अघि सरेको छ । बाँसगढीले नगरका बेरोजगार युवाहरूलाई लक्षित गर्दै एक गाउँ, एक उत्पादन कार्यक्रम ल्याएको होे  ।


एक गाउँ, एक उत्पादनका लागि नगरपालिकाले नगरका ९ वटै वडालाई कृषि तथा पशुपालन विशेष पकेट क्षेत्र घोषण गरेको छ । कृषि तथा पशुपालनलाई बढावा दिँदै नगरलाई कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने नगरको योजना छ ।


नगरपालिकाले वडा–१ लाई खाद्यान्न बाली पकेट क्षेत्र, वडा–२ लाई आलु र बाख्रापालन, वडा–३ लाई च्याउ खेती, वडा–४ लाई तरकारी एवं धान खेती पकेट क्षेत्र घोषण गरेको छ ।


यसैगरी वडा–५ लाई बंगुरपालन र धान, वडा–६ लाई च्याउ खेती, वडा–७ लाई भैसीपालन, वडा– ८ लाई तरकारी र ९ नम्बर वडालाई बाख्रा तथा धान पकेट क्षेत्र घोषणा गरेको छ ।


पालिकाको योजनाअनुसार यहाँका किसान यतिखेर कृषि तथा पशुपालनमा जुटेका छन् । कुनै किसानले एकल रुपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् भने केही समूहमा आबद्ध भएर कृषि कर्ममा लागिरहेका छन् ।


नगरपालिकाले समूहमा आबद्ध भएर कृषि तथा पशुपालन व्यवसाय गर्नेलाई अनुदानमा प्राथमिकता दिने गरेको छ । एउटा समूहलाई बढीमा १४ लाख रुपैयाँसम्म अनुदान सहयोग गरेको बाँसगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाले अनुदान सहयोग गरेपछि नगरबासीमा कृषि तथा पशुपालनप्रति आकर्षण बढेको स्थानीय बताउँछन् ।


पछिल्लो समय कोरोनाका कारण रोजगार गुमाएर देश–विदेशबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ एक गाउँ, एक उत्पादन कार्यक्रम अघि बढाएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।


‘बेरोजगार युवालाई कृषि तथा पशुपक्षीपालनमा आकर्षित गर्दै गाउँघरमै रोजगारी अवसर सिर्जना गर्न एक गाउँ, एक उत्पादन कार्यक्रम ल्याइएको हो’, नगरप्रमुख शालिकराम अधिकारी भन्छन् ।


कोरोना महामारीले थलिएको बेलामा युुवाहरूलाई गाउँघरमै स्वरोजगार बनाएर व्यक्ति, परिवार र समुदायको आर्थिक विकास गर्ने अभियानका साथ युवा लक्षित कार्यक्रम ल्याइएको नगरप्रमुख अधिकारीले बताए ।


युवा लक्षित कृषि रोजगार कार्यक्रमले समुदायको आर्थिक सुधारमा टेवा पु¥याउने उनको विश्वास छ । नगरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरी कृषिलाई व्यवसायीकरण गर्दै उत्पादनमुखी बनाउने कार्यक्रम अघि सारेको छ ।