close

दशैंको विशेष दिन आज, विहान १० बजेर १९ मिनेट उत्तम साइत

टिका थाप्ने र लगाईदिने दुवैले मास्क लगाउनु : स्वास्थ्यविद्

दशैंको विशेष दिन आज, विहान १० बजेर १९ मिनेट उत्तम साइत

टिका थाप्ने र लगाईदिने दुवैले मास्क लगाउनु : स्वास्थ्यविद्

Trulli
ADVERTISEMENT

काठमाडौं- आज नेपालीहरुको महान चाड विजयादशमीमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । 

 

आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

 

विजयादशमीका दिन जतिबेला पनि टिका लगाउन हुने तर साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । 

 

अधिकांश ठाउँमा कोजाग्रत पुर्णिमाको दिनसम्म टिका लगाउने चलन छ ।  

 

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

 

मान्यजनका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

 

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।


टिका लगाउँदा मास्क अनिवार्य  
जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने दुवै व्यक्तिले मास्क लगाउनुपर्ने बताएका छन् । साथै टिका थाप्न अन्यत्र नजान पनि विज्ञहरुले सुझाव दिएका छन् । उनीहरुले आ–आफ्नो घरमै बसेर दसैं मनाउन आग्रह गरेका हुन् ।

 

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।