close

देवदह नगरपालिका सिल : अत्यावश्यकबाहेकका सबै सेवा बन्द

देवदह नगरपालिका सिल : अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको देवदह नगरपालिकाले १७ देखि २१ कात्तिकसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो ।

 

देवदहमा कार्यरत कर्मचारीमध्ये यसअघि नै ७ जनामा कोरोना पोजेटिभ देखिएको  र आइतबार थप ५ जनामा संक्रमण देखिएपछि ५ दिनसम्म नगरपालिकाबाट प्रवाह गरिने अत्याश्वयकबाहेकका सबै सेवा स्थगन गरिएको हो । 


हालसम्म नगरपालिकाको कार्यालयअन्तर्गत कर्मचारी तथा जनप्रतिनिधि गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।