close

फुसको छानो विस्थापन गर्दै आठराई त्रिवेणी

फुसको छानो विस्थापन गर्दै आठराई त्रिवेणी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित परिवारका फुसको छाना भएका  घरमा जस्तापाता लगाउने अभियान सुरु गर्ने भएको छ । त्यसका लागि गाउँपालिकाले चालू वर्षमा ७० लाख रुपैयाँ खर्चिने बताएको छ । 


गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई विपन्न परिवार, दलित र एकल महिलाका परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममार्फत यो रकम खर्च गर्न लागिएको जानकारी दिइन् ।

 

‘गाउँपालिकाले अभियान सञ्चालनका लागि जस्ताको छानो गाउँपालिकाको शान, फुसको छानो विस्थापन गर्न हाम्रो अभियान नारा तय गरेको छ ।’

 

आर्थिक रुपमा सबल परिवारका घरमा  टिनको छानो हुने भएकाले विपन्न, दलित र एकल महिलाका लागि सहयोग गर्न गाउँपालिकाले कार्यविधि तयार गरेको उनले जानकारी दिइन् ।

 

गाउँपालिकाले आर्थिक रुपमा विपन्न, दलित र एकल महिलाको लगत तयार गरिसकेकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमै यो कार्यक्रम पूरा हुने उनले दाबी गरिन् ।


घरमा फुसको छाना भएका विपन्न,  दलित र एकल महिलाका घरमा जस्तापाता राखिनेछ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छाना भएका घरमा जस्तापाता लगाउन प्रोत्साहित गर्ने कार्यक्रमसमेत गाउँपालिकाले ल्याएको छ ।

 

‘यो अभियान पूरा गरी चालू वर्षभित्रै गाउँपालिकाका अधिकांश वडालाई फुसको छानोरहित पालिकाको पहिचान दिने गरी काम भइरहेको छ’, उपाध्यक्ष भट्टराईले भनिन् ।