close

आठराईमा उपभोक्ता समितिलाई योजना संचालन अभिमुखीकरण गराइने

आठराईमा उपभोक्ता समितिलाई योजना संचालन अभिमुखीकरण गराइने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - नेपालीहरूका महत्त्वपूर्ण चाडहरू सकिने क्रम सुरु भएसँगै अब स्थानीय तहमा विकासका कार्यहरूले गति लिने संकेत देखिएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले योजना संचालनका लागि गठन भएका उपभोक्ता समितिहरूलाई योजना संचालनसम्बन्धी अभिमुखीकरण दिएर योजना कार्यान्वयनमा खटाउने तयारी गरेको हो । 


त्यसको सुरुवात वडा नं.- १ निघुरादिनबाट हुनेछ । वडा सचिव इन्द्र बजगाइँका अनुसार योजना संचालनका लागि गठित उपभोक्ता समितिका मुख्य तीन पदाधिकारीलाई ७ मंसिर आइतबार यस्तो अभिमुखीकरण गर्न लागिएको हो । अभिमुखीकरणमा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सहभागी गराइने भएको छ । 


पहिलो चरणमा १५ देखि २३ भदौसम्म गठन भएका उपभोक्ता समितिलाई अभिमुखीकरणमा सहभागी गराइनेछ । त्यसपछि क्रमशः अरू उपभोक्ता समितिका पदाधिकारीलाई पनि अभिमुखीकरणका लागि बोलाउने गाउँपालिकाको तयारी छ । वडा नं.- १ मा उपभोक्ता समितिमार्फत संचालन हुने २१ वटा योजनामध्ये २० वटा योजनाका लागि उपभोक्ता समिति गठन भइसकेका छन् ।

 

गठन हुन बाँकी र थप प्राप्त हुने योजनाको उपभोक्ता समिति पनि क्रमैसँग गठन गर्दै त्यसलगत्तै अभिमुखीकरणमा सहभागी गराएर योजना कार्यान्वयनमा लैजाने तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए ।