close

भक्तपुरमा आज सकिमंगा पुन्ही मनाइँदै

भक्तपुरमा आज सकिमंगा पुन्ही मनाइँदै

Trulli
ADVERTISEMENT

भक्तपुर- पिँडालुलाई निचन्ने कमै होलान् । जमिनमुनि फल्ने गुणी फल हो पिँडालु । तर, मधुमेहलगायत केही रोग भएकालाई भने पिँडालु हानिकारक हुन्छ ।

हाम्रो समाजमा विभिन्न समुदायका फरकफरक संस्कृति छन् । ती समुदायका संस्कृतिअनुसारका चाडपर्व छन् । यस्तै पर्व र चाड धेरै भएको समुदाय हो नेवार । विशेषगरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नेवार समुदायमा दैनिकसो कुनै न कुनै चाड वा पर्व भइरहन्छन् । भक्तपुरका नेवारहरूका पनि आफ्नै चाड पर्व छन् ।


आज भक्तपुरका नेवारहरूले पिँडालु खाने पर्व अर्थात् सकिमंगा पुन्ही मनाउँदै छन् ।


नेपाल भाषामा पिँडालुलाई सकी र उसिन्नुलाई मना भनिन्छ । त्यसैले पिँडालु उसिनेर खानुलाई सकिमंगा पुन्ही भनिएको हो । आजको दिन पिँडालु र सखरखण्ड खाएर यो पर्व मनाइँदै छ ।


नेवार समुदायमा मात्र मनाइने यस पर्वमा पिँडालु उसिनेर मन्दिरमा चढाइनेसमेत गरिन्छ ।


नेवार समुदायले नेपाल सम्वत् (न्हुँ द) सुरु भइसेकपछि नेपाल सम्वत्को पहिलो महिनालाई कछलाथ्व पुन्हीको दिनलाई सकिमंगा पर्वको रूपमा मनाउने चलन छ ।


खेतहरूबाट अन्नकी सृष्टिकर्ता अर्थात् धर्तीमातालाई सम्मान र धन्यवादका साथ फलहरू भित्र्याइएको खुसीयालीमा साँझदेखि टोलटोलमा नौ बाजा, भजन, दाफासँगै नसा ब्व ज्या (भुटेका गेडागुडी तथा अन्नहरूको प्रदर्शनी गर्ने गरिन्छ ।

 

बेलुकी भुटेका मकै, गहुँ, भटमासलगायत गेडागुडीलाई विभिन्न मन्दिरहरूको आकृति बनाई प्रदर्शनी गर्ने गरिन्छ ।


कोरोना महामारी कायमै रहेको भन्दै यस वर्ष भक्तपुर नगरपालिकाले सकिमंगा पुन्हीलाई औपचारिक रूपमा सीमित गर्न आग्रह गरेको छ ।