close

शिक्षिकाको तलब झ्वाम पारेर प्रक्राउ परेका प्रअ र विव्यस अध्यक्ष छुटे, शिक्षिका सीताले पाइन् न्याय

शिक्षिकाको तलब झ्वाम पारेर प्रक्राउ परेका प्रअ र विव्यस अध्यक्ष छुटे, शिक्षिका सीताले पाइन् न्याय

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको बूढीनन्दा नगरपालिका वडा- ३ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मानसिंह विष्ट तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगवीर रोकाया प्रहरी हिरासतबाट छुटेका छन् ।

 

तीन वर्षदेखि विद्यालयकी एक शिक्षिकालाई तलब नदिएका कारण प्रहरीको पक्राउमा परेका दुवै जना तलब दिलाउने सर्तनामापछि छुटेका हुन् ।

 

बूढीनन्दा नगरपालिका वडा- ३ को कालिका आधारभूत विद्यालयमा पढाउने शिक्षिका सीता तिमिल्सेनाले तीन वर्षदेखि तलब नपाएको गुनासोसँगै सरकारी कागजात नष्ट गरेको शिक्षिका सीता तिमिल्सेना आशंकामा गत सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

 

प्रधानाध्यापक विष्ट र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोकाया मिलेर शिक्षिका तिमिल्सेनाको तलब गुपचुप र विद्यालयका कागजात नष्ट गरेका थिए ।

 

प्रहरीले पक्राउ गरेपछि शिक्षिका तिमिल्सेनालाई ३ वर्षदेखि नपाएको तलब १ लाख २८ हजार रुपैयाँ असुलउपर गराई प्रहरीले छाडिदिएको हो । 

 

शिक्षिका तिमिल्सेनालगायत ५ जना शिक्षकले ०७५ देखि हालसम्म तलब नपाएको र सूचना माग्दा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष दुवैले आलटाल गरी धम्क्याएपछि कानुनी बाटो रोजेका थिए ।

 

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस्