close

विपन्नलाई कम्बल बाँड्दै जुम्ला प्रशासन

विपन्नलाई कम्बल बाँड्दै जुम्ला प्रशासन

Trulli
ADVERTISEMENT

जुम्ला- जिल्ला प्रशासन कार्यालय जुम्लाले विपन्न तथा गरिब समुदायलाई जाडोबाट बचाउन न्यानो कपडा कम्बल वितरण गरेको छ । हिमपात तथा अत्यधिक जाडोबाट बचाउन विपन्नलाई कपडा र कम्बल वितरण गरिएको हो । 


विपद् पूर्वतयारीस्वरूप सिंजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल, ज्याकेट वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाको माइनस डिग्रीको चिसोमा दैनिकी बिताउदै आएका विपन्न नागरिकलाई प्रशासन कार्यालयले उपलब्ध गराएको न्यानो कपडाले राहत मिलेको जानकारी दिए ।

 

उनले भने, ‘स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशील छ भन्ने देखियो । अब यस्ता कार्यक्रम स्थानीय सरकारले पनि गर्न जरुरी छ ।’ विपन्न नागरिकको गास, बास, कपासको ग्यारेन्टी गर्नु राज्यको दायित्व भएको उनले बताए । 


प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनले कठ्यांग्रिदो जाडोमा रात बिताउन बाध्य विपन्न नागरिकका लागि न्यानो कम्बल र ज्याकेटले राहतको अनुभूति दिलाउने विश्वास व्यक्त गरे ।

 

‘जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद् कोषबाट विपन्न नागरिकका लागि कम्बल र ज्याकेट वितरण गरेको हो । यसका लागि सरकारको पनि सहयोग चाहिन्छ’, प्रजिअ थापाले भने । सिँजा क्षेत्रका १२ जना विपन्न नागरिकलाई गाउँमै पुगेर न्यायो कपडा वितरण गरिएको हो ।


प्रदेशका कानुनमन्त्री भण्डारी, कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, प्रमुख जिल्ला अधिकारी थापा, सशस्त्र र नेपाल प्रहरीका डीएसपी गगन श्रेष्ठ, माधवप्रसाद काफ्लेले विपन्न नागरिकलाई राहतस्वरूप न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।