close

अपराध न्यूनीकरण गर्न कपिलवस्तु प्रहरीको पाठ्यसामग्री

अपराध न्यूनीकरण गर्न कपिलवस्तु प्रहरीको पाठ्यसामग्री

Trulli
ADVERTISEMENT

कपिलवस्तु- अपराध न्यूनीकरणका लागि बालबालिकालाई सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्यसामग्री निर्माण गरेको छ । कपिलवस्तु नगरपालिकामा आयोजित कार्यक्रममा उक्त पाठ्यसामग्री विमोचन गरिएको हो ।

 

कपिलवस्तु नगरपालिकाभित्र रहेका ८० विद्यालयलाई पुस्तक वितरण गरिनेछ । विद्यालय/प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तयार गरिएको पुस्तकमा ११ शीर्षक राखिएको छ । लागूऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहारलगायतका विषय समावेश गरिएको छ । 


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्लाभरका सबै विद्यालयमा विस्तार गर्ने तयारीका साथ पाठ्यसामग्री तयार गरिएको हो । 

 

साप्ताहिक रूपमा कक्षा चलाउने गरी विद्यालयका प्रधानाध्यापकसँग समझदारीपत्रमा हस्ताक्षर भएको अधिकारीले बताए । प्रहरीले उपलब्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणमा भूमिका खेल्ने कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

 

पुस्तक छपाइका लागि मधेस मानव अधिकारगृह माहुरी होमले सहज परियोजनामार्फत आर्थिक सहयोग गरेको छ । जिल्लाभरका विद्यालयमा पढाउने मिल्ने गरी १ हजार बढी पुस्तक प्रकाशन गरेर सबै विद्यालयमा पुर्‍याउने योजना रहेको माहुरी होमका अध्यक्ष रवीन्द्रनाथ ठाकुरले बताए । 

 

पुस्तक प्राप्त भएपछि नियमित रूपमा बालबालिकालाई सिकाउँदै जाने कार्यक्रम रहेको तिलौराकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय वर्माको भनाइ छ ।