close

दलितले पकाए, बाहुनले खाए, क्या मज्जा ! 

दलितले पकाए, बाहुनले खाए, क्या मज्जा ! 

Trulli
ADVERTISEMENT

रूपन्देही- मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रीय समितिको समन्वयमा बुटवलमा समता भोज आयोजना गरिएको छ । 

 

भोज कार्यक्रममा लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले जातीय भेदभाव, छुवाछूत सामाजिक कुरीति भएकाले यसको अन्त्य आवश्यक रहेको बताए ।

 

सबैको साझा प्रयासबाट मात्रै जातीय छुवाछूत र भेदभाव अन्त्य हुने उनको भनाइ छ ।

 

समता भोज विभिन्न मिडिया र डेरीलगायतको सहकार्यमा भएको हो । भोजमा बाहुनले पकाएको दलितले खाए भने दलितले पकाएको बाहुनले खाए ।

 

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानमा नेपाललाई छुवाछूतमुक्त देश घोषणा गरिएकाले सबैको साझा पहलबाट विभेद हटाउन सकिने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजमा सबै जातजाति एक भएको भन्दै कोही तलमाथि नहुने बताए ।

 

राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, एसपी प्रवीण पोखरेल, डीएसपी प्रतीतसिंह राठौर, समाजका केन्द्रीय सचिव मीना ढकाललगायतले आ-आफ्नो भनाइ राखेका थिए ।