close

दलितका थर सूचीकरण गर्न आयोगको पत्र

दलितका थर सूचीकरण गर्न आयोगको पत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका सूचीकृत हुन छुटेका थरको सूचीकरण गर्ने प्रक्रियाको सहजीकरणका लागि देशभरका सबै स्थानीय तहका वडालाई आग्रह गरेको छ ।

 

आयोगले सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफ्नो थर दलितभित्र पर्ने गरी वडा कार्यालयको सिफारिस र उपलब्ध अन्य प्रमाण संलग्न गरी आयोगमा प्रत्यक्ष उपस्थित भई वा हुलाकमार्फत वा आयोगको इमेल ठेगानामा पठाउन अनुरोध गरेको हो । यस्तो सिफारिस र प्रमाण जेठ मसान्त २०७८ भित्र पठाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।