close

जुम्ला सदरमुकाम खलंगा शिल

जुम्ला सदरमुकाम खलंगा शिल

Trulli
ADVERTISEMENT

जुम्ला - सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र शिल गरिएको छ । २४ घन्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र शिल गरिएको हो ।


चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।


उनले भने, ‘बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलंगाको नगरपालिका क्षेत्रभित्र कन्ट्रयाक ट्रेसिङ गर्न शिल गरिएको हो ।’    


२ दिनमा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. अनुप मंंगल समालले जानकारी दिए । उनले भने ‘अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।’