close

सिन्धुपाल्चोकका बाढीपीडितलाई मध्यपुर थिमि र चाँगुनारायणको ३७ लाख बढी सहयोग

सिन्धुपाल्चोकका बाढीपीडितलाई मध्यपुर थिमि र चाँगुनारायणको ३७ लाख बढी सहयोग

Trulli
ADVERTISEMENT

भक्तपुर– सिन्धुपाल्चोकका बाढीपीडितलाई भक्तपुरका २ स्थानीय तहले सहयोग गर्ने भएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाले सहयोग गर्ने भएका हुन् ।

 

थिमिले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई जनही ११ लाख ११ हजार १ सय ११ रुपैयाँका दरले करिब २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

 

यस्तै, चाँगुनारायाण नगरपालिकाले मेलम्ची र हेलम्बुलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  दुवै पालिकाका नगरप्रमुखले शनिबार प्रभावित क्षेत्रमा गएर सम्बन्धित पालिकाको कोभिड कोषमा रकम जम्मा गर्ने बताए । 

 

चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले कार्यपालिकाको बैठकबाट पालिकाको तर्फबाट दिइने सहयोग प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गरिने जानकारी दिए । 

 

मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले सहयोग रकम हस्तान्तरण गर्न आफैं मेलम्ची जाने तयारीमा रहेको सुनाए ।
मेलम्चीमा आएको बाढीपछि दुवै पालिकामा पुगेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सहयोग घोषणा गरिएको उनको भनाइ छ ।