close

किन्नसमेत लजाउने महिला आफैँ बनाउन थाले सेनिटरी प्याड 

किन्नसमेत लजाउने महिला आफैँ बनाउन थाले सेनिटरी प्याड 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरकी लक्ष्मी श्रेष्ठ महिनावारी दिन नआउँदै पसलमा सेनिटरी प्याड किन्न पुगिहाल्थिन् । सिपाडोलमा बस्दै आएकी उनी महिनावारी हुन नपाउँदै कसरी सो समय विताउने भने चिन्ता गरिहाल्थिन् । कहिलेकाहीँ त पसलमा प्याड नै पाइँदैन । अरु पसलमा लिन जान अफ्ठ्यारो लाग्छ । 

 

उनको मात्रै होइन, शर्मिला त्यातको अवस्था पनि उस्तै छ । ‘महिनावारी नजिकदै गरेपछि प्याडकै समस्या,’ उनी भन्छिन्, ‘कहिलेकाही त यो समय नआए नि हुन्छ जस्तो लाग्थ्यो ।’  ‘अब त यस्तो हुन्न ।’ उनी भन्छिन्,  अव मलाई पनि प्याड बनाउन आउँछ,’ घरमै बसेर प्याड बनाउन सक्ने भएका छाौँ हामी महिना दिदीबहिनी ।’

 

सूर्यविनायक नगरपालिकाको सहयोगमा उनीहरुले सेनिटरी प्याड बनाउन सिकेका छन् । अब आफ्नो लागि मात्रै नभई अरुको लागि पनि आवश्यक प्याड उत्पादन गर्न सक्ने विश्वास उनीहरुको छ । 

 

नगरभित्रका स्थानीयलाई सक्षम बनाउन पालिकाले सेनिटरी प्याड बनाउने तालिम दिएको हो  । सपिाडोलमा दुई दिने तालिम लिएपछि उनीहर आफ्ना लागि मात्र नभएर अन्यका लागि पनि प्याड बनाउन सक्ने भएका छन् । 

 

वडा नंं . ८ लक्षित वर्गको आयोजनामा भएको तालिममा करिव ४० जना स्थानीय महिलाको सहभागिता थियो । तालिममा महिलाहरुलाई सामान्य कपडाबाट प्याड बनाउने तरिका सिकाइएको थियो । 

 

नगर उपप्रमुख जुना बस्नेतका अनुसार महिलालाई आत्मनिर्भरसँगै उत्पादनमुखी बनाउन पालिकाले तालिमको आयोजना गरेको हो । प्याड मार्फत आम्दानी समेत गर्न सक्ने भएकोले त्यसबाट महिला आत्मनिर्भर बन्ने उनको विश्वास छ ।