close

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्यो, पोथीभन्दा भाले दोब्बर बढी

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्यो, पोथीभन्दा भाले दोब्बर बढी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- उत्तरी ताप्लेजुङमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्रका ३ वटा ब्लकमै १ हजार ४ सय बढी नाउर भेटिएका छन् । कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले ओलाङ्चुङगोला ब्लकमा नाउरको गणना बाँकी छँदै ३ वटा ब्लकमै १ हजार ४ सय २१ वटा नाउर फेला परेको जनाएको हो ।


संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गणनाका क्रममा घुन्सा-खम्बाछेन ब्लकमा ६ सय ४२ वटा, याङ्मा ब्लकमा ५ सय ३२ वटा र रामजेर ब्लकमा २ सय ४७ वटा नाउर रहेको पाइएको छ । कोरोना संक्रमण कारण ओलाङ्चुङगोला ब्लकमा नाउरको गणना बाँकी रहेको उनले बताए ।


कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले नाउर गणनाका लागि ४ वटा ब्लक बनाएको थियो । घुन्साबाट पाङ्पेमा आधार शिविरसम्मको भागलाई घुन्सा-खम्बाछेन ब्लक, याम्फुदिनको रामजेर-चेरामबाट कञ्चजंघा हिमालको पूर्वी आधारशिविर क्षेत्रलाई रामजेर ब्लक, ओलाङ्चुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा ब्लक र ओलाङ्चुङगोलाको मौवाटार हुँदै चीनको तिब्बतसँगको सीमासम्मलाइ ओलाङचुङगोला-मौवाटार ब्लक नाम दिएर नाउर गणना गरिएको थियो ।


संरक्षण अधिकृत तिवारीका अनुसार अहिलेसम्म फेला परेका नाउरको संख्या हेर्दा पोथीभन्दा भाले नाउरको संख्या झन्डै दोब्बर बढी पाइएको छ । ८ सय १६ वटा भाले प्रजातिका नाउर फेला पर्दा पोथी प्रजातिका नाउरको संख्या भने ४ सय ९५ मात्र रहेको पाइएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।


८० वटा नाउरका बच्चा छन् । २७ वटा भने भाले वा पोथी प्रजाति कुन हो भने भनेर छुट्याउन नसकिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । फेला परेकामा २ सय ८ वटा वयस्क, २ सय ७ वता तरुण, २ सय ६ वटा किशोर र १ सय ९८ वटा अर्धवयस्क प्रकृतिका नाउर भेटिएका छन् । ओलाङचुङगोला-मौवाटार ब्लकमा पनि गणना गरिए नाउरको संख्यामा वृद्धि हुने देखिएको संरक्षण अधिकृत तिवारीले बताए ।