close

समावेशी योजना निर्माणमा कपुरकोटको पहल

समावेशी योजना निर्माणमा कपुरकोटको पहल

Trulli
ADVERTISEMENT

 सल्यान– समावेशी योजना निर्माणमा कपुरकोट गाउँपालिका जुटेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, दलित पुरुष तथा महिला जनप्रतिनिधी, विषयगत शाखा प्रमुख तथा वडा सचिवहरुले समावेशी योजना निर्माणका लागि प्रयत्न थालेका हुन् । 

 

गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले योजना तथा कार्यक्रम छनौटमा समुदायका सबै वर्गको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए । उनले आफ्नो पालिकाको सेवा प्रवाह संयन्त्र तथा प्रक्रिया लैंगिक तथा सामाजिक समावेशी मैत्री हुने गरी काम गरिरहेको जिकिर गरे । 

 

योजना निर्माणको पहिलो चरण टोल भेलादेखि नै समावेशी योजना निर्माणमा जोड दिने सहमति भएको छ । बुधबार भएको कार्यक्रममा दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, ६ वटै वडाका वडाध्यक्षहरु, दलित पुरुष तथा दलित महिला जनप्रतिनिधी, विषयगत शाखा प्रमुख तथा वडा सचिवहरु लगाएतको सहभागिता थियो ।

 

कार्यक्रमका सहजकर्ता संग्राम लामा र पाल्मो तामाङले लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा योजना निर्माणको कामलाई समावेशीकिरण गरी समाजका कमजोर वर्ग तथा अन्य सिमान्तकृत समुदायलाई समावेश गरी नीति, कार्यक्रम, योजना र बजेट निर्माण गर्नुपर्ने विषयमा अभिमुखिकरण गरेका थिए ।

 

कार्यक्रमको सहजिकरण सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेका थिए भने दलित महिला केन्द्रकी कार्यक्रम अधिकृत सरिता गहतराजले स्वागत गरेकि थिइन् ।