close

अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकका फोहोर

अझै उठ्न सकेन काठमाडौंका मुख्य चोकका फोहोर

Trulli
ADVERTISEMENT

काठमाडौँ– चार दिनदेखि फोहोर उठाउन थालिए पनि काठमाडौँका मुख्य मुख्य चोकमा अझै पनि फोहोर थुप्रिएको छ । 

 

करिब एक महनिादेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै नै छ । 

 

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । 

 

लामो समयदेखि फोहोर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 

 

अहिले साविकअनुसार नै फोहोर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको संकलित फोहोर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने । काठमाडौंमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ ।  

 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।