close

गाउँपालिका महासंघले भन्योः ‘कोरोनाका लागि भएको खर्च संघीय सरकारले व्यहोर्नुपर्छ’

गाउँपालिका महासंघले भन्योः ‘कोरोनाका लागि भएको खर्च संघीय सरकारले व्यहोर्नुपर्छ’

Trulli
ADVERTISEMENT

काठमाडौं - गाउँपालिका राष्ट्रिय महासंघले मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरेको छ । सम्मेलनमा गाउँपालिकामा देखिएका विविध समस्याबारे जानकारी गराउनुकाे साथै साथै संघीय सरकारप्रति रोष प्रकट गरिएको छ ।


महासंघले संघीय सरकारले गाउँपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृतसमेत दिन नसकेको आरोप लगाएको छ ।


पालिकाहरूले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा गरेका खर्चहरू रुजु होलान् कि बेरुजु ? भन्ने प्रश्नमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘हामीले सकेको गर्‍यौँ । यो काम संघीय सरकारले नै गर्नुपर्ने भएकाले यसको व्ययभार पनि संघीय सरकारले नै वहन गर्नुपर्छ ।’


महामारीका रूपमा देखिएको कोरोना नियन्त्रण र रोकथामका लागि पालिकाहरूले नै खर्च गर्दै आएका भए पनि संविधानतः यस्तो खर्च संघीय सरकारले व्यहोर्नुपर्ने उनको धारणा थियो । 

 

सम्मेलनमा गाउँपालिकाका अध्यक्षहरूले आफूहरूलाई क्वारेन्टाइन व्यवस्थापन गर्न केही सीमित रकम दिएको बाहेक संघीय सरकारले केही नगरेको गुनासो गरेका थिए ।