close

कमलामाईले बनायो पार्क

कमलामाईले बनायो पार्क

Trulli
ADVERTISEMENT

सिन्धुली– कमलामाई नगरपालिकाले निर्माण गरेको पार्क खुल्ला गरेको छ । कमलामाई नगरपालिकालाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले निर्माण गरिएको पार्क सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।


कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नगरपालिकाको ३० लाखमा निर्माण गरिएको पार्कको आज साझबाट सर्वसाधारणका लागि खुल्ला भएको जानकारी दिए ।

उनले पार्कको नामाकरण र प्रवेश शुल्क निर्धारण गर्न बाँकी रहेको बताए । पार्कमा आर्कषक रुपमा पानिका फोहोरा छ भने र बिपी कोइराला र पुष्पलाल श्रेष्ठको प्रतिमा राखिएको छ ।

चार वटा पानीका फोहोरा र बालबालिकालाई खेल्न चिप्लेटी र मानिस बस्न पेटीको व्यवस्था गरिएको छ  ।