close

सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने 

सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने 

Trulli
ADVERTISEMENT

भक्तपुर - नेपाल सरकारले केही दिनअघि  पीसीआर परीक्षणका  लागि शुल्क लाग्ने भने पनि भक्तपुरको सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।


नगरमा दशैँअघिदेखि बन्द भएको कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण फेरि सुरु हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए ।


नगरप्रमुख वासुदेव थापाका अनुसार भक्तपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । उनले भने, ‘यसैलाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क परीक्षण गर्ने निर्णय गरेको हो ।’


नेपाल सरकारको निर्देशिकाभित्र पर्नेबाहेकको पनि निःशुल्क परीक्षण गर्ने निर्णय नगरपालिकाले गरेको चापागाईंले जानकारी दिए । कोरोनाका लक्षण देखिएको खण्डमा वडामा गएर सिफारिस ल्याएपछि निःशुल्क परीक्षण हुने नगरपालिकाले जनाएको छ । 


सरकारले शुल्क तोकेपछि संक्रमणका लक्षण देखिएकाहरू पनि परीक्षण नगराई घरमै बस्ने भएकाले संक्रमण अझ बढ्न सक्ने हुँदा नगरपालिकाले निःशुल्क बनाएको चापागाईंको भनाइ छ । नगरप्रमुख थापाको अध्यक्षतामा बसेको बैठकले नगरपालिकामा कोराना संक्रमणको हालसम्मको अवस्था र रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गरेको थियो ।