close

फक्ताङलुङबासीलाई करमा राहत

फक्ताङलुङबासीलाई करमा राहत

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- स्थानीय तहले लगाउँदै आएको करैकरको बोझले थिचिएका नागरिकलाई राहत दिन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कर नीतिलाई खुकुल्याउने भएको छ । गाउँपालिकाले ‘करले हैन, रहरले कर तिरौँ’ नारासहित स्थानीयलाई कर तिर्न खुकुलो नीति बनाउने भएको हो ।

 

गाउँपालिका अध्यक्ष सरोज एभेङले करको दर नभएर दायरा फराकिलो बनाई नीतिगत व्यवस्थामार्फत सेवाग्राहीलाई प्रोत्साहित गरिएको बताए ।

 

‘कर प्रणाली चुस्त, सुलभ र पारदर्शी बनाउन चालू आर्थिक वर्षका लागि गाउँपालिकाले तयार गरेको नीतिअनुसार करको दायरा फराकिलो तर दर साँघुरो बनाएर सेवाग्राहीलाई सुविधा दिने नीति अगाडि सारेका छौँ’, नगरप्रमुख राईले भने ।


करबाटै पालिकाको आन्तरिक आम्दानी हुने हुँदा नागरिकलाई मर्का नपर्ने गरी खुकुलो बनाइएको उनले दाबी गरे ।

 

यसका लागि गाउँपालिकाले विभिन्न सार्वजनिक कार्यक्रममार्फत करको दर, कर तिर्नु नागरिकको दायित्वलगायतका विषयमा पालिकाबासीलाई जानकारी गराउनेछ ।