close

दोभानका अग्निपीडितलाई फुङ्लिङको सहयोग

दोभानका अग्निपीडितलाई फुङ्लिङको सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई फुङ्लिङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । 

 

नगरप्रमुख छत्रपति प्याकुरेलको नेतृत्वमा दोभान बजार पुगेको फुङ्लिङको टोलीले नगर विपद् व्यवस्थापन कोषबाट दोभान बजारका अग्निपीडितलाई उक्त सहयोग गरेको हो । 

 

नगरप्रमुख प्याकुरेलले मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

 

प्राप्त रकम मेरिङ्देनको प्रकोप व्यवस्थापन खातामा जम्मा गरेर क्षतिका आधारमा वितरण गरिने र्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

 

यसअघि सिरिजंघा गाउँपालिकाले पनि दोभान बजारका अग्निपीडितका लागि मेरिङ्देनलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

 

दोभान बजारका अग्निपीडितको राहत वितरणका लागि मेरिङ्देनले एकद्वार नीति अपनाउने निर्णय गर्दै गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा रकम जम्मा गर्ने निर्णय गरिसकेको छ ।